अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ३१, आईतवार ०९:३५

वीरगन्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।

दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । कर्फ्युमा पनि प्रदर्शन जारी राखेपछि सडकमा सेना देखा परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे ।

योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । स्थानीय हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । अहिले उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।

झडपमा १२ सर्वसाधारण, नेपाल प्रहरीका १५ जना र सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र पनि घाइते भएका छन् ।

दुई समुदायबीच भएको झडपको क्रममा चार मोटरसाइकलमा आगजनी र केहि होटेल पनि तोडफोड गरिएको छ । स्थिति अनियन्त्रित बनेपछि प्रहरीले करिब ७५ सेल आश्रुग्यास प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार