अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ३०, शनिबार ११:२८

काठमाडौं, ३० चैत । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ ।

 

यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ ।

 

यो रोग जनावरबाट सर्ने गर्छ । यही कारण सावधानीका रुपमा यी जनावर मारिन थालिएकोछ । यसका पछाडि केही ठूला षड्यन्त्र भएको आशंका पनि गरिएको छ । हंगेरीका एक वरिष्ठ अधिकारीले यो भाइरस ‘प्राकृतिक हुन नसक्ने’ दाबी गरेका छन्। यो ‘जैविक आक्रमण’ को रूपमा फैलिएको सम्भावना छ।

 

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका चीफ अफ स्टाफ गेर्गेली गुल्यासले भने, ‘अहिले हामी भाइरस प्राकृतिक होइन भन्ने कुरालाई नकार्न सक्दैनौं। हामी कृत्रिम रूपमा सिर्जना गरिएको भाइरससँग काम गरिरहेका हुन सक्छौं।’ विदेशी प्रयोगशालाबाट प्राप्त मौखिक जानकारीका आधारमा उक्त आशंका गरिएको बताइएको छ ।

 

तर, यो अहिलेसम्म पूर्ण रूपमा पुष्टि भएको छैन। विश्व पशु स्वास्थ्य संगठनले यस सम्पूर्ण मामिलामा भनेको छ कि यो प्रकोप पहिलो पटक मार्चमा हंगेरीको उत्तर–पश्चिमी सिमानामा रहेको एउटा गाईवस्तु फार्ममा देखा परेको थियो। त्यसपछि देशभरका करिब १,००० फार्महरूको जाँच गरियो, जसमध्ये चार नमूनाहरूमा भाइरस पुष्टि भएको थियो ।

 

हंगेरीसँग डिसेम्बर २०२४ सम्म ८.६१ मिलियन गाईवस्तुहरू थिए, जुन इयुमा रहेको कुल गाईवस्तुको १.२५ हो। अहिले यो रोग फैलिन नदिन हजारौं जनावर मारिएका छन् । स्लोभाकियाको दक्षिणी भागमा पनि यो रोग तीव्र गतिमा फैलिरहेको छ । त्यसपछि अस्ट्रियाले हंगेरीसँगको २१ र स्लोभाकियासँगको दुईवटा सिमाना बन्द गर्यो। सिमानामा कीटाणु शोधन केन्द्रहरू स्थापना गरिएको छ।

 

हंगेरीका किसान पल मिक्सनरले आफ्ना ३ हजार गाईवस्तु मारिएको बताए । जसका कारण उनले धेरै घाटा बेहोरेका छन् । यो सत्य हुन सक्दैन भन्दै सबै रोइरहेका थिए । अझै, मिक्सनर पुनर्निर्माण गर्न कटिबद्ध छन र दुई हप्तामा चारा सङ्कलन गर्ने योजना छ।

 

फुट एन्ड माउथ डिजिज (एफएमडी)  मानिसका लागि खतरनाक नहुने बताइएको छ । यद्यपि, यो गाईवस्तु, भेडा र बाख्रामा छिटो फैलिन्छ, ज्वरो र मुखमा घाउ निम्त्याउँछ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार