अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २९, शुक्रबार १६:५०

रौतहट २९ चैत। रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका स्थित ट्याक्टरले मोटरसाईकल लाई ठक्करदिदाँ मोटरसाईकलमा सवार श्रीमतिको  मृत्यु भएको छ  भने चालक श्रीमान घाईते भएका छन्।

गएराती मौलापुरबाट गम्हरिया गाँउ तर्फ गईगरेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आईरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३ नौलाखा गेट नजिकै ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाईते मोटरसाइकलमा पछाडी सवार  ४५ वर्षिय सिता देवी साह कानुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दिपककुमार रायले न्युज कारखाना लाई बताएका छन्। ठक्करबाट मृतक महिलाको श्रीमान मोटरसाइकल चालक लखीन्दर साह कानु घाईते भएको प्रहरीले जनाएको छ।

ट्याक्टरका चालक फरार भएपछि ट्याक्टर र साहु रामइश्वर साहलाई ईलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिईको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार