अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २९, शुक्रबार १६:४९

काठमाडौ, २९ चैत । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंंह भन्डारीले वैदेशिक रोजगार ब्याबसायीलाई अझै मर्यादित बनाउने जिम्मा ब्यबसायीहरुको नै भएको बताएका छन ।

आज काठमाडौंमा वैदेशिक रोजागार ब्याबसायी संघको ३१ औं साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले यस्तो बताएका हुन । उनले वैदेशिक रोजगार निकै मर्यादित पेशा भएको उल्लेख गर्दै यसलाई अझै मर्यादित र ब्यबस्थित बनाउनु पर्नेमा जोड दिनु भयो ।

 

आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन वर्षको रुपमा अगाडि सारिएको बताउँदै दशकमा श्रम बजारको सम्भावना खोज्ने, श्रम बजारको बिकास गर्ने, श्रम बजारमा प्रवर्द्धनकार गर्ने उल्लेख गरेका छन ।

रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक भएको जिकिर गर्दै श्रमिकको माग सिर्जना गर्ने, दक्ष श्रमिकआपूर्ती गर्ने र आर्थिक बिकासको लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले सहकार्य गर्न तयार रहेको प्रतिबद्धतासमेत ब्यक्त गरेका छन ।

समृद्ध नेपाल सुखी नेपाली हाम्रो दीर्घकालीन लक्ष्य हो। उहाँले भन्नुभयो, यसको एक प्रमुख लक्ष उत्पादन र उत्पादकत्व अभिबृद्धीको साझा लक्ष्य पनि हो। उक्त अबसरमा उहाँले एक महिना भित्र युरोपका देशहरुमा प्रमानिकरण गर्ने कार्य सुरु हुने खुलासा गर्दै त्यसका लागि द्रुत गतिमा काम भैरहेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार