अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २९, शुक्रबार १६:३७

राैतहट २९ चैत। रौतहट प्रहरीले एकथान भारतीय भारतीय नम्बरको चोरीको कागजपत्र नभएको एकथान अल्टो कार बरामद गरेको छ भने १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय राजापुरबाट गएको गस्ती टोलीले राजापुर नगरपालिका ३ डमार चौकस्थित चेकजाँचको क्रममा कागजपत्र नभएको डीएल जी सी क्यू ८२७७ नम्बरको अल्टो कार बरामद गरेको हो। बरामद कारको कुल ५ लाख रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपि दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।

यसैगरी, फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट १२ जना प्रतिवादी लाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड जरिवाना तोकी लामो समय देखि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

बोक्सि आरोप मुद्दाका अनरजित महरा, रामफल महरा, रामापरी देबी, भोजेन्द्र महरा, कुट पिट मुदाका राम आधार यादव प्रमोदी राय, गाली बेईज्जती लगायतका मुद्दाका गरी १२ जना पक्राऊ परेका प्रवक्ता रायले बताएका छन्। फैसला कार्वान्यनको लागी प्रतिबादीहरु लाई जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको जिल्ला प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत झण्डै १ हजार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार