अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २९, शुक्रबार ०९:४१

मुम्बई, २९ चैत । ऐश्वर्या राय र सलमान खानको प्रेमकथा हिन्दी सिनेमा उधोगको सबैभन्दा चर्चित प्रेम कथा हो ।

दुवै आफ्नो सम्बन्धका कारण धेरै चर्चामा आएका थिए । सन् १९९९ मा फिल्म  ‘हम दिल दे चुके सनम’ मा सँगै काम गर्दा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । सलमान खान र ऐश्वर्या रायको ब्रेकअपले फ्यानहरु पनि स्तब्ध भएका थिए । त्यसपछि दुवैले एकअर्कालाई आरोप पनि लगाउन सुरू गरेका थिए ।

 

तर, यसबाट सबैभन्दा ठूलो घाटा ऐश्वर्याले बेहोर्नु परेको थियो । भनिन्छ, सलमानसँगको ब्रेकअपपछि अभिनेत्रीले एक–दुई होइन, पाँच पाँचवटा फिल्म एकपछि अर्को गरि गुमाउनु परेको थियो ।

सुरूमा फिल्मको हिस्सा भए पनि पछि उनलाई ढोका बन्द गरियो । त्यतिबेला अभिनेत्री गहिरो चोटमा परेकी थिइन् । उनले एक अन्तर्वार्तामा यस विषयमा कुरा पनि गरेकी थिइन् ।समाचार अनुसार सलमानसँगको ब्रेकअपपछि ऐश्वर्याले एकपछि अर्को पाँच फिल्म गुमाउनु परेको थियो, त्यो पनि सबै सुपरडुपर हिट । एकपटक उनी अभिनेत्री सिमी ग्रेवालको टक शोमा पुगेकी थिइन् ।

त्यसपछि सिमीले उनलाई प्रश्न सोधेकी थिइन्, ‘तपाईंले एकैपटक ५ वटा फिल्ममा काम गर्ने तयारीमा हुनु हुन्थ्यो, होइन र ? वीरजारा तपाईका लागि लेखिएको थियो ।’

यसबारे ऐश्वर्याले भनिन्, ‘हो, त्यसबेला यो फिल्ममा काम गर्ने कुराहरु चलिरहेका थिए । त्यतिबेला हामी (शाहरुख खान र ऐश्वर्या राय) केही फिल्ममा सँगै काम गरिरहेका थियौं तर मलाई केही बुझाइएन, एक्कासी ती फिल्ममा म अटन सकिन।’

त्यस पछि सिमीले सोधेकी थिइन्, ‘कस्तो लाग्यो ? नराम्रो लाग्यो ?’

अभिनेत्रीले जवाफमा भनिन्, ‘बिल्कुलै।’ जसबाट ऐश्वर्या आउट भएकी थिइन्, त्यहाँ प्रिति जिन्टा मुख्य भुमिकामा देखा परेकी थिइन् ।

जस अनुसार ‘वीर जारा’, ‘चलते चलते’, ‘पहेली’, ‘मुन्नाभाई एमबीबीएस’ र ‘मै हुन ना’ उनको हातवाट उम्केको थियो । जसमध्ये ‘मुन्नाभाई एमबीबीएस’ बाहेक उनी चारै फिल्ममा शाहरुख खानको अपोजिटमा देखिने भएकी थिइन् ।

कावेरी बमजाईको पुस्तक थ्री खानका अनुसार सलमानले ‘चलते चलते’ को सेटमा गएर हंगामा समेत मच्चाएका थिए र सुटिङ नै अगाडी बढन दिएनन । पछि यो फिल्म बाहेक ऐश्वर्यालाई ‘वीर जरा’ र ‘मै हूं ना’ बाट पनि हटाइयो। जहाँ ‘मुन्नाभाई एमबीबीएस’ र ‘पहेली’ पनि उनको हातबाट बाहिर गए, जसका कारण थिए, सलमान खान ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार