अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २८, बिहीबार १८:१६

रौतहट २८ चैत। बारा प्रहरीलाई ठुलो सफलता प्राप्त भएको छ।

ट्याक्टरको तेल ट्यांकी भित्र राखेर ठूलो परिमाणमा ब्राउन सुगरको तस्करी गर्ने २ जना भारतीय तस्करलाई बारा स्थित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर ईनरवा पञ्चायत वडा २ का ट्याक्टर चालक बर्ष ३० को टुटु कुमार र सोही ठाउँका बर्ष ३२ को टुटु अंसारी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताएका छन्।

विशेष सूचनाको आधारमा २७ गते दिउँसो साढे बजे जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका ३ चौतारा स्थित भारत बिहार घोडासाहनबाट आउँदै गरेको  ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गरिएको थियो।

चेकजाँचको क्रममा तेलको ट्याङ्की भित्र पलाष्‍टिकमा बेरी लुकाई छिपाई लगी रहेको ब्राउन सुगर १५८ ग्राम ९१० मिलि ग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।

बरामद लागुऔषध ब्राउन सुगर, ट्याक्टर सहीत दुवैजना भारतीय नागरिक लाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाही प्रक्रिया अगाडी बढाईएको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

अभियान अन्तर्गत प्रहरी ठूलो परिमाणमा लागुऔषध, भन्सार छलीको सामान बरामद गर्नुका साथै दर्जनौं कारोवारी लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ .

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार