अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २६, मंगलवार ०९:१८

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ ।

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।

‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’

उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

सो प्रदर्शनलाई सफल बनाउने पुर्व तयारीका लागि हिजो केन्द्रिय कार्यालय धुम्बाराहीमा केन्द्रिय कार्यसमितिको बैठक पनि बसेको थियो । जुन बैठकले प्रदर्शन सभ्य, अनुशाषित र भब्य बनाउने निर्णय गरेको छ ।

बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ नेतृत्वको गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भए पछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन बिशेष जोड दिनेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार