अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २४, आईतवार १४:५४

रौतहट २४ चैत। नेपाल क्रिकेट टिमका पूर्व सदस्य तथा नेपाल प्रिमियर लिग ( एनपीएल) का पहिलो संस्करण प्रतियोगिताको विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमको लागी खेल्ने भएका छन्।

रौतहटको सदरमुकाम गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (RPL) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्टसका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमका लागि खेल्ने सहमती भएको हो।

शनिवार रौतहटको मध्यभाग गरुडा स्थित भएको छलफलमा बोल्ट्सका कप्तान अनिल साह, रवि साह, तिर्थराज, भुलावन सहनी र अरनिको यादव तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध भएर खेल्ने सहमति भएको हाे । दुई पक्षिय सहमति पछी गरुडा स्थित एक बिशेष कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई भव्य स्वागत गरिएको थियो।

गरुडा टिमका मालिक जयसवाल ट्रेडिङ कनसर्नका प्रोप्राइटर शैलेश जयसवाल र ओम ब्रुअरी प्रा. लि.का प्रोप्राइटर आकाश प्रकाश जयसवाल लगायतले खेलाडीहरु लाई फूलको माला र खादा ओढाएर सम्मान गरेका थिए।

 

यस पटकको रौतहट प्रिमियर लिगको टाइटल स्पोन्सर ओम ब्रुअरी प्रा. लि. रहेको छ भने प्रतियोगितालाई  पशुपति ट्रेड लिंक (श्याम जेनरल सप्लायर्स, गरुडाका प्रोप्राइटर राम बचन साह, सारस ब्रेब्बेज प्रा. लि. (रेडबुल), ओम इन्टरप्राइजेज, गरुडाका प्रोप्राइटर उमाशंकर जयसवाल, जान्वी मानवी कोल्ड स्टोर, गरुडाका प्रोप्राइटर अशोक चौधरी र नमस्ते डेण्टल क्लिनिक, गरुडाका डाक्टर रजनेश चौधरी प्रमुख प्रायोजकका रूपमा रहेका छन्।

रौतहट प्रिमियर लिगको आयोजनाले स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय खेलाडीहरूका साथ खेल्ने अवसर दिलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।  प्रतियोगितामा जिल्लाको १८ वटै पालिकाका क्रिकेट टिमहरू बिच प्रतिस्प्रधा हुने गर्दछ

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार