अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २४, आईतवार १४:५०

पथरी – मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडीले जानकारी दिए।

संस्थाको भवनमा सम्पन्न शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक, कान, घाँटी रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए। शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहीहरू लाभान्वित भएका छन्।

नगरकै सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोगका साथै स्थानीय युवाहरूलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

सोही संस्थाका युवाहरूले गत तिहारमा खेलेको देउसी-भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव प्रेम केडीले बताए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार