अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २३, शनिबार १२:२३

काठमाडौं । देशका विभिन्न ठाउँबाट भेला भएका बालबालिकाहरूले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुझाव दिएका छन् ।

‘जसको सवालः उसैको सहभागिता; जसको सवालः उसैको आवाज’ भन्दै जाजरकोट, दैलेख, कालीकोट, सर्लाही, सप्तरी र महोत्तरीलगायतका जिल्लाका बालबालिकाहरूले आफ्ना समस्या र मागहरूलाई विधेयकमा समावेश गर्न सुझाव दिएका हुन् ।

उनीहरूले सुरक्षित शिक्षण वातावरण, समावेशी शिक्षा, शिक्षक र शैक्षिक प्रणाली सुधार, सामाजिक चुनौती समाधान, बालविवाह, लैङ्गिक असमानता र अभिभावकको जागरूकता अभियानलगायतका विषयहरु उठाएका छन् ।

बालबालिकाले उठाएका मुद्दाबारे मन्त्री भट्टराईले बालबालिकाको सुझावलाई ‘भविष्यको नभएर वर्तमानको आवश्यकता’ बताउँदै यी मुद्दाहरू विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले केही सुझाव पहिले नै विधेयकमा समावेश भएको र बाँकीमा मन्त्रालयले गम्भीरताका साथ लिने जानकारी दिइ न् ।

यसैगरी, शिक्षकद्वारा विद्यार्थीमाथि हुने गरेको उत्पीडन लुकाउने चलन रोकी कानुनी कारबाही गर्ने, बालमैत्री र सिकाइमैत्री विद्यालय स्थापनाका लागि स्थानीय तह र अन्य मन्त्रालयसँग समन्वय बढाउने र विद्यार्थी–मैत्री शिक्षा नीति बनाउने साथै शिक्षा नीति निर्माणमा बालबालिकाको आवाजलाई प्राथमिकता दिइने र मन्त्रालयले यी सुझावलाई विधेयकमा समेटेर सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षा प्रणाली निर्माण गर्ने आफू लागिपरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार