अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २१, बिहीबार १६:३१

महोत्तरी, २७ चैत । महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासी आँखा पोल्ने समस्यावाट स्थानिय प्रताडित बनेका छन् ।

वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानियकाे भनाई छ ।

 

केही दिन देखि वायु प्रदुषण अत्याधिक बढे पछी बाहिर निस्कदाँ र घरमा नै बसिरहदाँ पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्याधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रहयो भने भयावह हुने देखिन्छ ।’

 

विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरुमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्याधिक धुवा देखिए पछी बिहानै मर्निङ्गवाकमा निक्लनेहरु पनि त्रसित बनेका छन् ।

 

शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीले वायु प्रदुषणका तस्विरहरु साझा गर्दै विशेषगरि बालवालिका र बृद्दहरुलाई सचेत हुन् आग्रह गरेका छन् । ‘अहिले चुरेमा वाक्लो हुस्सु जस्तो देखिन्छ त्यो वायुप्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवैजना यसवाट सावधान अपनाउनु पर्ने नितान्त आवस्यक छ ।’

 

यता स्वास्थ्यकर्मीहरुले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए ।

 

‘अहिले जताततै डढेलो लगाईएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्त्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने, ‘जे जस्तो भएतापनि सावधानी अपनाउनु पर्छ ।’

 

स्वास्थ्यकर्मीहरुले कामबिना वाहिर ननिस्कन सुझाएका छन् । बर्षा समेत नभईरहेको अवस्थामा अहिले देखिएको वायुप्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार