अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २१, बिहीबार १०:३८

काठमाडौं, २१ चैत । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे देखी ११ः३० बजेका लागि बोलाइएको छ ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतसँग छलफल हुदैँछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

महिला तथा सामाजिक मामिला समितिमा भने सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ ।

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयक सबन्धी मस्यौदामा दफावार छलफल हुनेछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार) का सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार