अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २०, बुधबार ०९:४०

अहमदावाद । भारतस्थित गुजरातको बनासकान्ठानजिकैको डिसामा रहेको पटाका कारखानामा  विस्फोट हुँदा मध्य प्रदेशका २१ कामदारको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

दैनिक भास्करका अनुसार यो कारखाना दिसा तहसिलको धुनवा रोडमा अवस्थित छ। विस्फोटका बेला कामदारहरू कारखानामा काम गरिरहेका थिए। विस्फोट यति भयानक थियो कि धेरै कामदारका शरीरका अंग ५० मिटर टाढासम्म छरिएका थिए।

कारखाना पछाडिको खेतमा समेत केही मानव अंग फेला परेका छन्। आगो नियन्त्रणमा लिन दमकललाई ५ देखि ६ घण्टा लाग्यो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।

दुर्घटनामा परेका सबै जना २ दिनअघि मात्र कामका लागि आएका थिए। मृतक र घाइते सबै कामदार मध्य प्रदेशको हरदा जिल्लास्थित हान्डिया गाउँका बासिन्दा हुन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार