अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १८, सोमबार १५:४८

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सतिश सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडमिक भवनको शिलान्यास गरेका छन् । जनकपुरधाम १४स्थित मणि मण्डपको पछाडी गुठीको जग्गामा निर्माण हुन लागेको प्रतिष्ठानको एकेडमिक भवनको शिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री सिंहले भवनको शिलान्यास गर्दै प्रतिष्ठानको एकेडमिक भवनको शिलान्यास गर्दै भवनको निर्माण सम्पन्न भएसंगै शैक्षिक कृयाकलाप गर्न प्रतिष्ठानलाई सहज हुने बताए । उनले अहिले यो भवनकालागि अहिले अढाई करोडको टेण्डर निकालिएको र समयमै काम सम्पन्न गर्न भनिएको बताए । मुख्यमन्त्री सिंहले भने ‘समय अगावै काम सम्पन्न भए ठेक्केदारलाई इन्सेन्टिभ दिने र समयमा काम गर्न नसके पेनाल्टी लगाउने हाम्रो रणनीति छ ।’
१८ बिघा गुठीको जग्गामा एकेडमिक भवनसंगै, कक्षा कोठा, प्रयोगशाला, अस्पतालको भवन निर्माण गर्ने लक्ष्य रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले बताए । उनले यो भवनको निर्माण संगै प्रतिष्ठानको शैक्षिक गतिविधि त बढ्ने नै छ यसका साथै स्वास्थ्य सेवामा समेत आमूल परिवर्तन आउने बताए ।
अहिले गुठीको जग्गामका प्रतिष्ठानले भवन निर्माण शुरु गर्न लागेको विषयमा विवाद समेत उत्पन्न भएको थियो । साविकमा त्यो जग्गाकोबीचमा बाटो रहेको भन्दै यो भवन निर्माणपछि बन्द हुने भएकाले विवाद उत्पन्न भएको थियो ।
तर जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कानूनसम्मत रुपमै भवन निर्माण गर्न लागिएको बताए । उनले सामाजिक काम रहेकाले भवन निर्माणपछि त्यो भवनको दूबै साइड सडक बनाउने गरी सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार