अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १८, सोमबार १२:११

काठमाडौं । काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राहुल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्दै आएका थिए । यही चैत ११ गतेदेखि उनी बेपत्ता थिए । प्रहरीले खोज्ने क्रममा चैत १५ मा गोकर्णेश्वर–८, माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो ।

हत्या आरोपमा पक्राउ पर्नेमा पाँचजना सर्लाहीको चक्रघट्टा गाउँपालिकाका बासिन्दा छन् । एकजना भारतीय नागरिक छन् ।

चक्रघट्टा–१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डल र भारतको बिहारका २९ वर्षीय सुनील शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निपु र जोधन गोकर्णेश्वर–५ मा बस्दै आएका थिए । सुनील काठमाडौंको दक्षिणढोकामा बस्दै आएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

लेनदेनका विषयमा राहुलको हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद प्राप्त भएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार