अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १८, सोमबार १२:०२

१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रोश पोखेका छन् ।

ट्रम्पले एनबीसी न्युजलाई दिएको अन्तरवार्तामा आफू रुसी राष्ट्रपति पुटिनसँग निकै रिसाएको र निराश भएको बताएका हुन्।

ट्रम्पका अनुसार पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि हमला गरेका छन् ।

यसै अन्तरवार्तामा ट्रम्पले यदि पुटिन युद्धविराममा सहमत नभए रूसबाट तेल किन्ने देशहरूलाई ५० प्रतिशत भन्सार शुल्क लगाउन सक्ने बताएका छन्।

ट्रम्पले भने, ‘यदि रूस र म युक्रेनमा रक्तपात रोक्ने सहमति गर्न सक्दैनौं भने मलाई लाग्छ यो रूसकै गल्ती हो, यस्तोमा म रूसबाट आयात हुने सबै तेलमा थप कर लगाउनेछु।’

ट्रम्पको यस भनाइमा हालसम्म अमेरिकी राष्ट्रपति कार्यालयको कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन।

युरोपेली नेताहरूलाई ट्रम्प युक्रेन युद्धविरामबारे छलफल गर्दा पुटिनको नजिक जाँदैछन् भन्ने चिन्ता थियो ।

पछिल्ला छ हप्तामा ट्रम्पले जेलेन्स्कीसँग कडा मागहरू राखेका थिए भने पुटिनको पक्षमा केही कुरा अघि सारेका थिए।

एनबीसी न्युजका अनुसार ट्रम्पले १० मिनेट लामो फोन अन्तर्वार्तामा आफू पुटिनको व्यवहारका कारण निकै रिसाएको र निराश भएको बताएका हुन् ।

यद्यपि, केही समयअघि ट्रम्पले नै जेलेन्स्कीलाई तानाशाह भनेका थिए र उनले चुनाव गराउनुपर्ने माग राखेका थिए।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार