अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १७, आईतवार १५:०४

काठमाडौं, १७ चैत । प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ ।

आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् ।

`संसद चल्न दिईएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक प्रदर्शनको जानकारी दिनु हुन्थ्यो` एमााले सांसद रघुजी पन्तले भने । उनका अनुसार प्रतिपक्षले आज पनि संसद अबरूद्द गरे पछि गृहमन्त्री लेखक बानेश्वरस्थित संसद भवन आउन नसकेको बताए।

बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै गत बुधवार देखी प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेेर निरन्त्त संसद अबरोध गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्दैछन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार