अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १७, आईतवार १५:००

काठमाडौं, १७ चैत । राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ।

प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोकसभाका आयोजना गरि पीडित परिवारलाई क्षतिपुर्ति दिन पनि माग गरेको छ ।

`कथित राजावादी आन्दोलनको नाममा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक जत्थाबाट जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको कर्मथलो एभिन्यूज टेलिभजन केन्द्रीय कार्यलयमा प्रेस चौतारी नेपालले आज श्रद्धाञ्जली सभा गरेको छ,` अध्यक्ष गणेश पाण्डले जानकारी दिदै भने,  `रजकका हत्यारालाई तत्काल पहिचान गरी कार्वाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन प्रेस चौतारीले माग गरेको छ ।`

गत चैत १५ गते भएको राजावादी आन्दोलनमा रजक रिपोर्टिङ गर्ने क्रममा जिऊँदै जलाएर हत्या गरिएको थियो। लुटपाटको भिडियो खिचिरहेको बेला अराजक प्रदर्शनकारीले बाहिरवाट ताल्चा लगाएर निस्कदा उनी कोठा भित्र जल्न जाँदा प्राण त्याग गर्नु परेको थियो।

परिवारले अहिलेसम्म उनको शब जिम्मा लिएको छैन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार