अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १७, आईतवार १०:०१

भक्तपुर, १७ चैत । भक्तपुर जिल्लामा मात्र ६ सय भन्दा वढी औषधी पसलहरु रहेको बताइएको छ ।

औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् ।

तीमध्ये सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्रमा र त्यसपछि मध्यपुर थिमि नगरपालिका क्षेत्रमा छन् । जिल्लामा यी बाहेक सूर्यविनायक र चाँंगुनारायण नगरपालिकाहरु छन् । संघमा भने एक सय ६५ वटाको संख्यामा मात्रै आवद्धता रहेका जनाइयो ।

साधरणसभाको उदघाटन संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले गरेका थिए । कार्यक्रममा संयुक्त रुपमा क्यालेण्डर पनि विमोचन गरियो ।

कार्यक्रममा वागमती प्रदेश अध्यक्ष श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखा सदस्य मदन भौकाजीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमकोबारेमा जानकारी तथा स्वागत कार्यक्रम संयोजक एवं जिल्लाका वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले गरेका थिए ।

 

कार्यक्रमको सञ्चालन मुरारी नेपालले गरेका थिए । ड्यासमा आसिन व्यक्तित्वहरुलाई खादा माला स्वागत शर्मिला लोहलाले गरेकी थिइन् । कार्यक्रमपछि कपिल कसपालले रमाइलो नाचगानको संयोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार