अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १७, आईतवार ०९:५५

भद्रपुर, १७ चैत : नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशन २०८२ बैशाख २७ र २८ गते बिर्तामोडमा आयोजना गरिने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) झापाको कार्यालय कमिटीको बैठकले १०औं जिल्ला अधिवेशनको मिति तयारी गरेको हो ।

एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता, पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेशका मन्त्री खिनु लुङ्बासहित केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा बैठक बसेको थियो । सो बैठकले पार्टीको १०औं जिल्ला अधिवेशन बिर्तामोडमा आयोजना गरिने र त्यसलाई बृहत जनसभागिता बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

यसअघि, पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न बैठकले चैत १६ र १७ गते जिल्ला अधिवेशनको मिति तय गरेको थियो । तर, मुलुकमा पछिल्लो समय बदलिएको राजनीतिक घट्नाक्रमसंगै उत्पन्न समस्यालाई मध्यनजर गर्दै मिति सारिएको हो ।

अध्यक्ष रेग्मीले चैत १५ गते काठमाण्डौं केन्द्रित समाजवादी मोर्चाको वृहत कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भुषालको व्यस्त कार्यक्रमका कारण झापाको अधिवेशनलाई केही पर सारिएको बताए । अध्यक्ष रेग्मीका अनुसार अधिवेशनको उद्घाटनका लागि अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिती रहनेछ । सो अवसरमा पार्टीको तर्फबाट झापाका पुराना बामपन्थी अग्रज नेताहरुलाई सम्मान गरिने भएको छ ।

बिहिबारको बैठकले केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज नीलमणी बराको संयोजकत्वमा आर्थिक सहयोग संङ्कलन उपसमिति समेत गठन गरिएको छ ।

सो उपसमितिमा नेपाल खेलकुद महासंघ समाजवादी कोशी प्रदेशका अध्यक्ष शकंर थापा, एकीकृत समाजवादी प्रदेश सदस्य बासु दुलाल, जिल्ला कमिटी पदाधिकारीहरु, अनिलदेब राई (दमक), श्रीप्रसाद सिटौला (बिर्तामोड), होमबहादुर बराल (कमल), सानुकुमार लामा (भद्रपुर), प्रेमसागर सापकोटा र श्रीप्रसाद मिश्र रहनुभएको कार्यालय सचिव पर्शुराम शकंरले जानकारी दिए ।

यसअघि, उपसचिव तथा समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केन्द्रीय सदस्य तथा झापाका इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा निर्देशन समिति गठन गरिसकेको छ ।

त्यस्तैं, यसअघिको बैठकले अधिवेशनका लागि गठन गरिएको उपसमिति र तोकिएका व्याक्तिहरुले आउँदो अधिवेशनलाई लक्षित गरेर पार्टी कार्यालयसंग समन्वय गरी कार्ययोजना पेश गर्न निर्देशन गरिएको सचिव बिपी भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय सदस्य तथा झापाका सह इन्चार्ज चन्द्रा श्रेष्ठ, साविता भेटुवाल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार