अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १६, शनिबार १०:१९

काठमाडौ  । तीनकुनेमा राजावादीको समाचार संकलन गर्न अनलाइन खबरबाट शुक्रबार बिहान खटिएको थिए । शिक्षा बिटमा लेख्ने भएकाले मलाई न्युजरुमले प्रदर्शनमा सहभागी जेनजी पुस्ताबारे फलो गर्ने ‘असाइन्मेन्ट’ दिएको थियो । दिउसो २ बजेतिर प्रदर्शनको माहोल बिग्रियो । आगलागी भएको घरभन्दा दुई घर पर चेपमा केही प्रहरी थिए ।

राजावादी प्रहरीमाथि जाइलाग्न थाले । म उनीहरूलाई पछ्याउँदै त्यतै गएँ । एक युवाले प्रहरीको बन्दुक खोसे । मैले २/३ वटा फोटो खिच्न भ्याएँ । ६ सेकेन्डको भिडियो पनि खिचें । प्रहरीको बन्दुक खोसेका ती युवा र अन्यले मैले पछ्याएको देखेर ‘तँ सीआईडी हो ?’ भन्दै दुर्व्यवहार गरे । मोबाइलबाट भिडियो खिच्दै थिएँ, उनीहरूले मलाई धकेले । म लड्न पुगें र खुट्टामा चोट लाग्यो । फिल्डमा जान बिहान अफिसको मिटिङपछि स्कुटी लिएर गएको थिएँ ।

स्कुटी तीनकुने चौकी नजिकै राखेको थिएँ । तीनकुने चौरबाट फर्केर बागमती पुलतिर आउन सक्ने अवस्था थिएन । त्यसबेला उक्त क्षेत्रमा अश्रुग्यास, ढुंगामुढा प्रहार हुन थालिसकेको थियो । तीनकुनेको निजी घरमा आगजानी सुरु भइसकेको थियो ।

कोटेश्वरतर्फ जाने सडक हुँदै पेरिसडाँडातर्फबाट बागमती नदीतिर बढें । त्यहाँ पनि आन्दोलनकारीले गाडीमा आगो लगाएको देखियो । त्यहाँबाट घुमेर बागमती नदी हुँदै स्कुटी राखेको स्थलमा पुगें । स्कुटी चढेर बुद्धनगरमा रहेको अनलाइन खबरको अफिस आएँ । जब जुत्तामोजा खोलेर हेरें, दायाँ खुट्टा सुन्निएको देखियो । लेखामा कार्यरत दुई सहकर्मीले मलाई बानेश्वरको एभरेस्ट अस्पतालमा पुर्‍याए । एक्सरे र सिटी स्क्यान गर्दा हड्डी भाँचिएको रहेछ । बेलुकीपख कर्फ्युका कारण अस्पतालमा प्लास्टर गरेर मूलपानीस्थित घर जान सक्ने अवस्था भएन । कोटेश्वरस्थित आफन्तको घरमा आराम गरिरहेको छु ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार