अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १६, शनिबार १०:१५

वाशिगंटन । विश्वकै धनाढ्य अर्बपति इलन मस्कले आफ्नै कम्पनी ‘एक्स’ आफ्नै अर्को कम्पनी ‘एक्सएआई’लाई बेचेको घोषणा गरेका छन् । मस्कको आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी स्टार्टअप कम्पनी एक्सएआईले उनको आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म एक्सलाई ३३ अर्ब डलरमा खरिद गरेको हो ।

झण्डै तीन वर्षअघि मस्कले तत्कालीन ट्विटर (हाल एक्स)लाई लगभग ४४ अर्ब डलरमा खरिद गरेका थिए । उनले यसपटक स्वामित्व सेयर लेनदेन कारोबार (अल-स्टक डिल)मार्फत् आफ्ना कम्पनीहरू खरिद-बिक्री गरिएको बताएका छन् ।

एक्समा गरिएको एक पोस्टमा मस्कले भनेका छन्, ‘अब एक्सएआईको मूल्य ८० अर्ब अमेरिकी डलर र एक्सको मूल्य ३३ अर्ब डलर भएको छ । एक्सएआई र एक्सको भविष्य अब जोडिएको छ, यो कदम हामीले डेटा, मोडलहरू, कम्प्युट, वितरण र दक्षतालाई आपसमा गाभ्न लिएका हौँ ।’

मस्कको यस घोषणाका कतिपय पक्षहरू स्पष्ट पारिएका छैनन् । विज्ञहरूले यसलाई आश्चर्यजनक र अनपेक्षित मानेका छन् । एक्सएआईको ग्रोक च्याटबटलाई ओपेनएआईजस्ता अन्य प्रतिस्पर्धीसामू बलियो बनाउन र एआईको डेटा प्रशिक्षणसम्बन्धी आइपर्ने विवादलाई सहज बनाउन यो सम्झौता गरिएको हुनसक्ने रोयटर्सको अनुमान छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले वासिङ्टन डीसीमा दिनदिनै थप शक्तीशाली बनिरहेका मस्कलाई व्यवसायिक क्षेत्रमा शक्ति सन्तुलन मिलाउन यो कदम उठाएको हुन सक्ने पनि अनुमान गरेका छन् । दुवै कम्पनीका मालिक एकै व्यक्ति भएकोले यो खरिद-बिक्री एक प्रकारले कम्पनी पुनर्संरचनाजस्तो हो । मस्कले एक्स र एक्सएआईको स्वामित्व व्यवस्थापनलाई नयाँ ढाँचामा ल्याएका हुन् ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार