काठमाडौ । काठमाडौंको तिनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म जारी कर्फ्यु आदेश स्थगित भएको छ ।
शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् ।
आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले केही राजावादी नेताहरूसहित ५० बढीलाई नियन्त्रणमा लिएको छ ।





