अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १५, शुक्रबार १५:३४

रौतहट  । रौतहटको गरुडा नगरपालिका–४ स्थित तरकारी बजारमा आज आगो लाग्दा ७ पसलमा क्षति पुगेको छ ।

आगलागीबाट स्थानीय व्यापारीको घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । आलगीबाट गरुडा–८ जिगडियाका शेख कमाउद्दिनले सञ्चालन गरेको मासु पसल, जयमंगल चौधरीको फुसको खाजा पसल, राजेन्द्र साहको पसल, सुजितकुमार चौधरीको खाजा पसल, नेवालाल चौरसियाको किराना पसल, कृष्ण दासको कपडा पसल र कटहरिया–९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा आगो लागेको डीएसपी राजन कार्कीले जानकारी दिए ।

घटनामा १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगो निभाउन इलाका प्रहरी गरुडाको टोली खटेको थियो । पसलमा राखिएको ग्यास सिलिन्डर विस्फोट भएपछि आगोले ठूलो रूप लिएको थियो । स्थानीय र वारुणयन्त्रको मद्दतले झन्डै डेढ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार