अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १४, बिहीबार ११:१८

काठमाडौं, १४ चैत । प्रसिद्द कलाकार मदनकृष्ण श्रेष्ठले बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टी जाहेर गरेका छन् ।

उनले कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको पनि उल्लेख गरेका छन् ।

‘एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’

उनी अगाडी लेख्छन, ‘हरेक लक्षमी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने बिषेश नाम ‘कुलमान घिसिङ’, लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय  बन्न सफल ब्यक्ती हुन् – ‘कुल मान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात  बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’

हालै केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको स्थानमा गितेन्द्रदेव शाक्यलाइ नियुक्ति गरेकोमा चौतर्फी बिरोध भइरहेको बेला श्रेष्ठले सरकारलाइ झकझकाउँदै भनेका छन, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार,  पटक्कै खुशी छैनन् । तमसोमा ज्योतीर्गमय

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार