अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १२, मंगलवार १५:५७

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद भएको छ ।

मंगलबार समितिको बैठकमा बीपी राजमार्ग, हुलाकी राजमार्गको विषयमा छलफलका लागि भौतिक पूर्वाधारमन्त्री, सचिव उपस्थित छन् । मन्त्री उपस्थित हुन बित्तिकै सभापति ऋषिकेश पोखरेलले बैठकको कारबाही अघि बढाएका थिए । लगत्तै माओवादीका सांसद अमनलाल मोदीले समसामयिक विषयमा धाराणा राख्न समय माग गरे । तर, सभापतिले बैठकको एजेन्डामा पालो आएपछि धारणाा राख्न आग्रह गरे ।

तर, मोदीले सार्वजनिक महत्त्वका विषयमा धारणाा राख्न पाउनुपर्ने माग राखे । आजको बैठकको एजेन्डा फरक रहेको बताउँदै सत्तारूढ दलका सांसदहरूले पछि बोल्न आग्रह गरेका थिए ।

त्यसपछि सभापति पोखरेल र मोदीबीच भनाभन भयो । मोदीले सभापति पोखरेलको राजीनामा माग गर्दै आएको विषय राखे । साथै, कुलमानको विषय उठाउन लाग्दा सत्तारूढ सांसदले रोके ।

एमालेका सांसद तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खाण, मोहन बस्नेतले सभापतिलाई साथ दिए । एमालेका सांसद गोकुल बास्कोटाले पहिले ऐजेन्डामा छलफल गरेपछि मात्रै अर्को चरणमा समसामयिक विषयमा धरणा गर्न आग्रह गरे ।

मोदीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा, हरि ढकालले साथ दिए । होहल्ला भएपछि रास्वपाका सांसद ढकालले बैठक कसले चलाउने हो भन्दै प्रश्न गरे ।

एमाले सांसद लामाले ढकालको प्रश्नमा जवाफ दिए– हामी हेर्न आएको हो ?

रास्वपा सांसद ढकाल र झाले आफूहरूले सभापतिलाई सोधेको भन्दै जवाफ नदिन आग्रह गरे ।

बैठकमा अहिले सडकका विषयमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार