अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १२, मंगलवार १५:५४

अभिनेता अनमोल केसीले आफ्नो नयाँ फिल्म ‘जेरी अन टप’को छायांकन सकाएका छन् । सोमबार मुस्ताङमा अन्तिम दृश्य खिचेर कलाकारसहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीतबाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए । उनका अनुसार दुई गीतमध्ये एउटा भारतको पुडुचेरी र अर्को काठमाडौंमा खिचिनेछ ।

मुस्ताङसहित सगरमाथा बेसक्याम्प र काठमाडौंमा फिल्मको छायांकन गरिएको हो । केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार पारिएको सेटमा खिचिएको थियो । निर्माता सरोज न्यौपानेले उत्कृष्ट फिल्म तयार हुनका लागि आवश्यक कुनै पक्षमा सम्झौता नगरिएको बताएका छन् ।

छायांकन नसकिँदै हङकङको एलजी एसोसिएट्सले एमजी (मिनिमम ग्यारेन्टी)मा फिल्मको अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार खरिद गरिसकेको छ । विदेश प्रदर्शन अधिकारबाट फिल्मको आधा लगानी उठिसकेको निर्माता न्यौपानेले बताए । उनका अनुसार कलाकारको पारिश्रमिकदेखि छायांकनसम्म फिल्मको बजेट लगभग ६ करोड पुगेको छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको यो लभस्टोरी फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय छ । फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार