अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ११, सोमबार १७:५०

काठमाडौं । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँगको पार्टी एकता र अन्य विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ ।

बैठकमा दुई दलको एकता, संगठन छलफलका एजेण्डा रहेको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए । जनमत र नाउपाको एकता सहमति नजिक पुगेको छ ।

दुई दलको एकतापछि नागरिक जनमत पार्टी नाम राख्ने, अध्यक्ष डा.सीके राउत, संरक्षक रेशम चौधरी, सह अध्यक्ष रञ्जिता श्रेष्ठ, चुनाव चिन्ह ढकिया हुने गरी दुई दलले छलफल गरेका छन् ।

पार्टी कार्यालय मध्य बानेश्वर नजिक सनराइज क्याफेमा शुक्रबार बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय परिषद् बैठकमा ७० जना भन्दा बढी सहभागी हुने प्रवक्ता यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार