११ चैत, काठमाडौं । बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।
सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेको हो । हिजो आइतबार किलोको २ सय २५ रुपैयाँमा कारोबार भएको लसुन आज भने २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी कालीमाटीमा ससकेको चिनियाँ लसुनको भाउ आज सोमबार किलोमा ४० रुपैयाँ बढेर ३ सय १० मा किनबेच भइरहेको छ । हिजो आइतबार किलोको २ सय ७० रुपैयाँ थियो ।





