अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १०, आईतवार १४:२९

जनकपुरधाम । धनुषाका एक युवकको ससुराली जाने क्रममा अपहरणपछि विभत्स हत्या गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोलाई अपहरणपछि हत्या गरी उनको शव महोत्तरीको गौशाला नगरपालिका ८स्थित सागरनाथ वन क्षेत्रमा फालिएको अवस्थामा फेला परेको हो ।
शुक्रबार साँझ ५ः३० बजे रेल्वे ट्रयाकबाट करिब १०० मिटर दक्षिणतर्फ उनको शव भेटिएको थियो, तर सनाखत भने शनिबार मात्र गरिएको थियो । शवको अवस्थाले क्रूर हत्या भएको संकेत गर्छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारका अनुसार, शव र घटनास्थलको अवस्था हेर्दा हत्या भएको स्पष्ट देखिन्छ, थप अनुसन्धान भइरहेको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शिवशंकरको शव नग्न अवस्थामा फेला परेको थियो । शरीरभरि खुकुरी प्रहारका गहिरा घाउ थिए भने मुख जलेको जस्तो देखिन्थ्यो ।
शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना र १० महिने छोरासहित बर्दिबास नगरपालिका ५ पशुपतिनगरस्थित ससुराली जान निस्किएका थिए । उनीहरू महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेका थिए, जहाँबाट श्रीमतीले माइतबाट दुईवटा मोटरसाइकल मगाएकी थिइन् । श्रीमती बच्चासहित एउटा मोटरसाइकलमा गइन् भने शिवशंकर अर्कामा सवार थिए ।
परिवारका अनुसार उनीहरू शिवशंकर ससुराली पुगेको ठानेर ढुक्क थिए । तर, शुक्रबार महोत्तरी प्रहरीले शव पहिचानका लागि परिवारलाई बोलाएपछि मात्र घटना खुलासा भयो ।
मृतकका भाइ राम महतोका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकर कुटिएका थिए । त्यसपछि उनी पुनः ससुराली जान चाहँदैनथे, तर श्रीमतीले हजुरबुबाको निधन भएको भन्दै उनलाई जबरजस्ती लगेको आरोप छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार