अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ९, शनिबार १४:५२

सिरहा — सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेका छन् । पीडित दीपक मल्लिक डोम दलितका अगुवासहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका हुन् ।

उनीका साथमा कानुन व्यवसायी पनि छन् । अहिले उनीहरु जिल्ला प्रहरीभित्र मुद्दा विषयमा कानुनी परामर्श गरिरहेका छन् । त्यसलगत्तै जाहेरी लेखाएर प्रहरीलाई दिने एक दलित अगुवाले बताए ।

आउँदै चैत १७ गतेदेखि महायज्ञ आयोजना हुने भनिएको छ । फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

यस घटनामा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष शुक्रबार साँझ पक्राउ परिसकेका छन् । बजरंगी बाबा भने अझै फरार छन् । उनीहरु तीनै जनाविरुद्ध जाहेरी दिने तयारी पीडित परिवारको छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार