जनकपुरधाम । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको मधेश प्रदेश अध्यक्षमा भू तथा जलाधार कार्यालय लहानका संजयकुमार मिश्र निर्वाचित भएका छन् ।
मञ्चको जनकपुरधाममा अबेरराती सम्पन्न चौथो महाधिवेशनबाट केन्द्रिय कमिटीका अतिरिक्त प्रदेश कमिटी पनि गठन गरिएको छ । प्रदेश कमिटीको अध्यक्षमा मिश्र निर्वाचित भएका छन् भने ६ सदस्यीय उपाध्यक्षमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, श्वेता झा, शुभकरण राय, सचिवमा दिपककुमार ठाकुर, सहसचिवमा भुवनेश्वर महतो, संजयकुमार यादव, श्यामसुन्दर महतो, रामस्वरुप सिंह, कोषाध्यक्षमा बन्दना मिश्र निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा सुनिल साह रोशन कुशवाहा, विजय यादव, नागेश्वर यादव, तेजनारायण यादव, पुष्पा झा, आरती शर्मा, वैद्यनाथ मण्डल, सन्दीप साह, पुरुषोत्तम झा र शिकेन्द्र कुशवाहा विजयी भएका छन् ।





