अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ८, शुक्रबार १२:५६

एजेन्सी । भारतमा एक युवकले युट्युबको ट्युटोरियल भिडिओ हेरेर आफैले आफ्नो पेटको शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ ।
भारतको उत्तरप्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया आफै गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्डिया टुडेका अनुसार वाणिज्यशास्त्रमा स्नातक गरेका ती युवक केही महिनायता पेटको समस्याबाट पीडित थिए ।
अत्यधिक पेट दुख्ने समस्या भएपछि उनी डाक्टरलाई देखाउन पनि गएका थिए । तर उनको रोग नै पत्ता नलागेपछि घरमै आराम गरिरहेका थिए ।
दुखाइ बढ्दै गएको अवस्था र रोग पनि पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रियासम्बन्धी ट्युटोरियल भिडिओ हेरेर समस्या थाहा पाउन आफै शल्यक्रिया गरेर हेर्ने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।
त्यसपछि उनले सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागोलगायत आवश्यक सामग्रीहरू औषधी पसलबाट किनेर ल्याएका थिए । ती सामानहरू किनेपछि बुधबार कोठाभित्र बसेर उनले युट्युब भिडिओमा सिकाएअनुसार गरी आफ्नै पेट काटेका थिए ।
भारतीय अनलाइन पोर्टल द वीकका अनुसार राजाबाबुले आफ्नो पेट सात इन्च काटेपछि टाँका लगाएका थिए । पेट काटेपछि के गरे भन्ने विषय चाहीँ नखुलेको वीकले जनाएको छ ।
केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए । त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पु¥याएका थिए ।
अस्पतालले संक्रमण फैलिसकेको हुनसक्ने बताएर प्राथमिक उपचारपश्चात एसएन मेडिकल कलेज आग्रा रेफर गरेको थियो ।
बिरामीले आफ्नो पेट आफै काटेको घटना सुनेपछि डाक्टरहरू चकित भएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेडिकल कलेजमा अहिले उनको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा पनि सुधार भइरहेको डाक्टरहरूलाई उद्धृत गर्दै द वीकले लेखेको छ ।
उपचारपछि उनी अहिले सामान्य बोल्न सक्ने भएका छन् । डाक्टरहरूले आफैले पेट काट्नुको कारण सोध्दा उनले धेरै डाक्टरहरूलाई देखाउँदा पनि उपचार नभएको र दुखाई बढ्दै गएपछि आफैले पेट काटेर हेरेको बताएका छन् । इन्डिया टुडेका अनुसार १८ वर्षअघि राजाबाबुका एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार