जनकपुरधाम । मधेशका ८ वटै जिल्लामा सयौ विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् । जिल्लाका शिक्षा विकास तथा इकाइ समन्वयहरुले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा ३४३, बारामा १०५, रौतहटमा २९४, सर्लाहीमा १६०, महोत्तरीमा २१३, सिरहामा ३५५, सप्तरीमा ६०१ र धनुषामा १०० जना विद्यार्थीहरु अनुपस्थित भएका छन् । यसमा नियमित, प्राविधिक र ग्रेडवृद्धि विद्यार्थी रहेको जनाइएको छ ।
मधेशका आठवटै जिल्लाका शिक्षा विकास तथा इकाइ समन्वय समितिले उपलब्ध गराएको विवरण अनुसार पर्सामा ९४५९, बारामा ८२२८, रौतहटमा ९३६९, सर्लाहीमा १०९४९, महोत्तरीमा ९६२४, धनुषामा १३५५९, सिरहामा १०२१७ र सप्तरीमा ८१५५ जना विद्यार्थीहरुले पहिलो दिनको परीक्षा दिएका छन् ।
पर्साको २९, बाराको ४१, रौतहटको ४०, सर्लाहीको ३८, महोत्तरीको ३२, धनुषाको ४५, सिरहाको ५० र सप्तरीको ३७ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएको मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । यसैगरी परीक्षा सञ्चालनका लागि ३१२ परीक्षा केन्द्रमा ३१२ जना केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, चार हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक, एक हजार ६६६ जना सहयोगी कर्मचारी परीक्षामा खटाइएको छ ।





