अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ८, शुक्रबार १०:४४

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ। यी मुद्राको विनियमदर विगत तीनदेखि लगातार घट्दै आएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६२ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा थियो।

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६९ र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा थियो।

त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४०पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार