अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ७, बिहीबार १०:००

काठमाडौं, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ।

उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नविन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ,  लगायत सयभन्दा बढी रंगकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।

चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने संगीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन कला समेटिनेछ।

यस महोत्सवमा चलचित्र विकास बोर्डले पनि सहकार्य गरेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार