अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ७, बिहीबार ०९:५५

काठमाडौ, चैत्र ०७ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ २० पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ६२ पैसा कायम गरिएको छ । यसअघि बुधबार यसको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम गरिएको थियो ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ६८ पैसाले घटेको छ । बुधबार यसको खरिदमूल्य १५१ रूपैयाँ १२ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ७८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रूपैयाँ १७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ७० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार