अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ६, बुधबार १६:०३

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सर्लाही बहुमुखी क्याम्पसमा सुजितकुमार यादव नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ।  बुधबार सम्पन्न मतगणनामा सुजितकुमार यादव नेतृत्वको संयुक्त गठबन्धनको प्यानलनै विजयी भएको हो ।

नेसवियु र जनमतसँग स्वतन्त्र ढंगले गठबन्धन गरी यादवले सभापतिको उम्मेदवारी दिएका थिए । यादवले ६२४ मत प्राप्त गरेका निर्वाचन कमिटीले जनाएको हो। उनको प्रतिस्पर्धी अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी मञ्च गठबन्धनका उम्मेदवार कृष्ण यादवले ३०९ र नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त गठबन्धनका उम्मेदवार धीरज दाहा यादवले १७९ मत मात्र प्राप्त गरे ।

अन्य पदमा समेत यादव नेतृत्वकै गठबन्धनकै जित भएको छ । सचिवमा ६ सय मतसहित रोशनकुमार यादव, कोषाध्यक्षमा ५८० मतसहित नितुकुमारी र सदस्यहरूमा ५६१ मतसहित संरचना यादव, ५४६ मतसहित प्रेमप्रवीण यादव, ५७५ मतसहित अर्जुनकुमार राय विजयी भएका हुन । यस क्याम्पसमा ४२.०८ प्रतिशत मात्र मत खसेको थियो ।

एक हजार ३६७ मत खसेकोमा १६४ मत बदर भएको निर्वाचन अधिकृत कृपानाथ झाले जानकारी दिए । समयमै मतदान सम्पन्न गरेको यस क्याम्सपमा मतगणनाको क्रममा साँझ केहीबेर विवाद भएपछि मध्यरातिबाट मतगणना सुरु भएको थियो । दोहोर्‍याएर मतगणना गर्नुपरेकोले ढिला भएको निर्वाचन अधिकृत झाले बताए।

यस्तै, समानुपातिकतर्फ पनि नेसवियु, जनमत, सुजितकुमार यादव गठबन्धनले सबैभन्दा धेरै ७२२ मत प्राप्त गरेको छ भने अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी मञ्च गठवन्धनले ४२६ र नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त गठबन्धनले २०३ मत मात्र प्राप्त गरेको छ । नेपाल विद्यार्थी (नेविसंघ)मा आबद्ध सुजितकुमार यादवले अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र ढंगले नेसवियु, जनमतसँग गठबन्धन गरी सभापतिमा उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार