अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ६, बुधबार १०:५७

काठमाडौं, ६ फागुन । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्।

 

तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । किनभने, त्यसैले यसको उत्तर धेरै कम मानिसलाई मात्रै थाहा छ ।

यस्तो अवस्थामा हामी तपाईलाई बताउन चाहन्छौं कि संसारको सबैभन्दा छोटो अन्तराष्ट्रिय सीमाका बारेमा, जो केवल ८५ मिटर मात्रै रहेको छ । हो, स्पेन र मोरक्कोलाई जोड्ने एउटा सिमाना जम्मा ८५ मिटरको रहेकोछ ।

 

अझ तपाईले यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यो एउटा सानो चट्टानसँग मात्रै जोडिएको छ।

यस चट्टानको नाम ‘पेनोन दे वेलेज दे ला गोमेरा’ हो, जुन उत्तर अफ्रिकामा अवस्थित रहेको छ। यो चट्टान धेरै विशेष छ किनभने यो संसारको सबैभन्दा सानो
अन्तराष्ट्रिय राष्ट्रिय सीमानाको एक भाग हो। यस चट्टानको क्षेत्रफल करिब १९ हजार वर्ग मिटर छ । सन १५६४ मा पेड्रो डे एस्टोपिनन, एक स्पेनिश जनरलले यसलाई कब्जा गरेका थिए, तब देखि यो स्पेनको एक हिस्साको रूपमा रहदैँ आएको छ ।

 

मोरक्कोले यसलाई धेरै पटक आफ्नो दाबी गरेको थियो तर स्पेनले भने यसलाई कहिल्यै छोडेन र मोरोक्कोको दावी अस्विकार गर्दै आयो । जसका कारण अहिले पनि स्पेनी सिपाहीहरू त्यहाँ बस्छन्, जसले यसको सुरक्षा गर्छन्। स्पेनको भूमि सीमा करिब २००० किलोमिटर लामो छ । यो अन्तर्राष्ट्रिय सीमा पोर्चुगल र फ्रान्ससँग छ। तर स्पेनको पनि धेरै देशहरूसँग सानो सीमाना रहेको छ, एन्डोरा, जिब्राल्टर (युनाइटेड किंगडम) र मोरक्कोसँगको जस्तै।

 

यी मध्ये मोरक्कोसँगको यो सिमाना जम्मा ८५ मिटर छ, जो संसारको सबैभन्दा सानो सिमारेखा हो । यो सीमानाले मोरक्कोको तटसँग स्पेनको ‘पेनोन दे वेलेज  जोड्छ। यो चट्टान उत्तर अफ्रिकामा रहेको स्पेनको ती विशेष क्षेत्रहरू मध्ये एक हो।

 

खासमा पहिले यो स्थान एउटा ठुलो चट्टानको टापु थियो। तर, १९३४ मा आएको बिनाशकारी भूकम्पले यसलाइ सानो बनायो, त्यसपछि यो टापु प्रायद्वीप बन्यो। त्यसयता यो ८५ मिटरको सिमानालाई विश्वको सबैभन्दा सानो सिमाना भनिदै आएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार