अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ५, मंगलवार ०९:३२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको बहुप्रतीक्षित फोनवार्ताअघि नै युक्रेनमा शान्ति सम्झौताका केही विषयमा सहमति भएको बताएका छन् ।आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले यस्तो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “म मंगलबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्धसँग सम्बन्धित विषयमा कुरा गर्नेछु । यद्यपि, केही विषयमा सहमति भएको छ, तर धेरै बाँकी छ ।”

रुस र युक्रेनबीच जारी युद्धका विषयमा ट्रम्पले लेखेका छन्, “हजारौँ युवा सैनिक समेत धेरै मानिसको मृत्यु भइसकेको छ । हरेक हप्ता दुवैतर्फ २५ सय सैनिकको मृत्यु भइरहेको छ । अब यो अन्त्य हुनुपर्छ ।”

उनले अगाडि लेखेका छन्, “म राष्ट्रपति पुटिनसँग फोनमा हुने वार्तालाप लिएर उत्सुक छु ।”

यसअघि, राष्ट्रपति ट्रम्पले पत्रकारसँग भनेका थिए, “हामी शान्ति सम्झौता, युद्धविराम गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेरिरहेका छौँ । र, मलाई लाग्छ कि हामी यस्तो गर्न सक्छौँ ।”

सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्ध लम्ब्याएको आरोप लगाएका थिए । बीबीसीबाट ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार