अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ४, सोमबार ११:०५

काठमाडौ, चैत्र ०४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।  आज यूरोपियन युरो एकको खरिदमूल्य १५१ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य १५२ रूपैयाँ ७८ पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा तथा बिक्री दर १९ रूपैयाँ २७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ११ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार