अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ३, आईतवार १५:००

कठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले प्रधानमन्त्री र मन्त्रीहरू असफलसिद्ध भइसकेको टिप्पणी गरेकी छन् । आइतबार (चैत ३) प्रतिनिधिसभा बैठकमा उनले सरकार आफैँले गरेको मूल्यांकनमा ‘फेल’ भएको टिप्पणी गरेकी हुन् ।

उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप लगाइन् । “रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैँले गरेको मूल्यांकनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू असफलसिद्ध भएका छन्,” उनले भनिन्, “सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ ।”

सरकार नेपाल विद्युत् प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानवअधिकारको धज्जी उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको उनले आरोप लगाइन् ।

“विद्युत् प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानवअधिकारको धज्जी उडाएको छ र व्यापारीको पक्षपोषणमा उद्दत भइरहेको छ,” उनले भनिन् ।

उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा छानबिन नगरी सत्ताको चरम दुरुपयोग गरिएको बताइन् । आफ्नालाई छानीछानी जोगाउन र विपक्षीलाई तानीतानी फसाउने सरकारको हर्कतका कारण नागरिकमा निराशा छाएको उनले टिप्पणी गरिन् ।

“सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा कुनै छानबिन हुँदैन,” उनले भनिन्, “सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको छर्लंग हुँदाहुँदै पनि अनुसन्धान गरिँदैन, सत्ताको दुरुपयोग गरी जोगाइन्छ ।”

उनले सरकारले उत्पन्न गरेको निराशामै टेकेर राजावादीहरू व्यवस्थाको विरुद्धमा लागेका आरोप लगाइन् । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार