अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र २, शनिबार ११:४४

जनकपुरधाम । जनकपुरधाममा आज बिहानैदेखि होलीको चहल पहल रहेको छ । एकअर्कालाई रंग अबिर दलेर स्थानीयवासीहरु होली खेलीरहेका छन । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रंगीन बनाउछन् । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् ।

तराइका अन्य जिल्लामा होली हिजो सम्पन्न भइसक्दा पनि जनकपुरधाममा एकदिन ढिलोगरी होली भएको छ । जनकपुरधाम क्षेत्रको महत्व मिथिला परिक्रमा उत्सवका कारण एकदिन ढिलोगरी होली मनाइने गरिएको छ ।

नगरको विभिन्न स्थानमा मटकाफोर, जोग्रिा गायन सहितका होलीको कार्यक्रमहरु भइरहेको छ । नेपालमा जनकपुरधाममा विशेष प्रकारले होली मनाइने भएकाले यहाँको होली हेर्न ठूलो संख्यामा पर्यटकहरु आएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार