अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २९, बिहीबार १७:४०

मध्यपहाडी लोकमार्ग वरपरको कथा बुनेर ‘सेतो सूर्य’ सिनेमा बनाएका दीपक रौनियारले त्यसअघि ‘हाइवे’मा पूर्वपश्चिम राजमार्गको कथा पस्केका थिए । तेस्रो सिनेमा ‘राजागंज’ मा हुलाकी राजमार्ग आसपासको कथा भन्ने उनको प्रयासलाई सेन्सर बोर्डले ठेस पुर्‍याइदियो ।

निर्देशक रौनियार त्यही भद्दा काँटछाँटको शिकार बनेको सिनेमा बोकेर शुक्रबारदेखि हलहरूमा त जाँदैछन्, तर यस परिस्थितिलाई सामान्य मान्न सकिने अवस्था छैन । यस नजिरले अभिव्यक्ति स्वतन्त्रता र सिर्जनामा वैचारिक स्वायत्तताको यस्तो संवेदनशीलतामाथि प्रहार गरेको छ, जसका असरहरू केवल राजागंजले होइन, पछिसम्मको नेपाली बौद्धिक र सिर्जनात्मक क्षेत्रले बेहोरिरहनपर्ने हुन सक्छ । यसतर्फ नेपालको नागरिक समाज र खुलापनका समर्थकहरूले आँखा चिम्लने परिस्थिति कल्पना गर्न सकिँदैन ।

उसो त रौनियार निर्देशित ‘राजागंज’ भन्दा पहिले पनि केही सिनेमा तथा साहित्यका बारेमा यस्तो राज्यनियन्त्रित वा सामाजिक सेन्सरसिपहरूका अभ्यास भइसकेका छन् । प्रख्यात भारतीय सिनेकर्मी अनुराग कश्यपसमेतले निर्माण गरेको, अनि अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा ‘पूजा, सर’ नाममा वाहवाही पाइसकेको राजागंजको स्वदेश यात्राको प्रथम पाइलो सुन्दर बन्न सकेन । सेन्सरबोर्डले प्रधानमन्त्री केपी ओली सम्मिलित दृश्यमा मनलाग्दी कैंची जो चलाइदियो । यसका बारेमा हामीले यसअघि शृंखलाबद्ध रिपोर्टिङ गरिसकेका छौं ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार