अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २९, बिहीबार १०:२५

जनकपुरधाम । विश्वकै सबैभन्दा लामो धार्मिक पद यात्रा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरु जनकपुरधाम फर्किएका छन् । लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमामा सहभागीहरू बिहिबार जनकपुरधाम फर्किएका हुन् ।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट निस्किएको मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न स्थानको परिक्रमा गर्दै जनकपुरधाम फर्केको छ ।

बिसौलमा विश्राम गरेको परिक्रमाका सहभागी श्रद्धालुहरू कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुगेका हुन् । जनकपुरधाम आएपछि परिक्रमाका सहभागी श्रद्धालुहरूले शुक्रबार अन्तगृह परिक्रमा गर्नेछन् । अन्तगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ ।

मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ । अन्तगृह परिक्रमा गरेपछि त्यसको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार