अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २९, बिहीबार १०:२२

जनकपुरधाम । सिरहाको गोलबजारमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक होटल सञ्चालकसहित दुई जना पक्राउ परेका छन् ।

गोलबजार नगरपालिका–४ मा रहेको ’हाइवे होटल’ मा शंका लागेर खानतलासी गर्दा ठूलो परिमाणमा खैरो हिरोइन फेला पारेको हो ।

सिरहाको औरही गाउँपालिका २ बनिनिया टोल निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुनले सञ्चालन गर्दै आएको होटलमा छापा मार्दा बेसिनमा लुकाइराखिएको अवस्थामा पहेँलो प्लास्टिकमा पोका पारेर राखिएको १७ वटा कालो प्लास्टिकको पोका भेटिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार उक्त लागूऔषधको तौल प्लास्टिकसहित १.७३० ग्राम रहेको छ ।

सोही होटल बाहिर शंका लागी चेकजाँच गर्दा गोलबजार नगरपालिका–७, चोहर्वाका १८ वर्षीय राजन जयसवालको साथबाट १५० मिलिग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको डिएसपी पासवानले जानकारी दिए ।

दुवै जनालाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार