अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २८, बुधबार ०९:३६

काठमाडौं । पतन भइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्ने प्रयत्न भएको भन्दै समाजवादी मोर्चाले सशक्त प्रतिवाद गर्न अपिल गरेको छ ।

मंगलवार बसेको मोर्चाको बैठकले गणतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भएको भन्दै सशक्त प्रतिवाद गर्न हजारौं नागरिकलाई सडकमा उतारिने जनाएको छ । जसअनुसार आगामी चैत्र १५ गते काठमाडाैंमा विशाल सभा गरिने भएको छ ।

मोर्चाले अहिले देशको पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे गम्भीर विश्लेषण गरी वस्तुतगत निष्कर्ष निकालेको छ । ‘यो स्थितिलाई ट्याकल गर्न केही कार्यक्रम र योजना तय गरेका छौं ।

२५ गतेसम्म आउँदा आठौं आश्चर्य घटाउने कुचेष्टाजस्तो गरियो । ०४६, ०५२, २०६२÷६३ मा अधिकार, व्यवस्था, मुक्ति, देशको स्वाधीनता, बलिदानी र गणतन्त्रको विरुद्ध गम्भीर षड्यन्त्र शुरू भयो’ – बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भन्नुभयो ।

यसै गरी मोर्चाले चैत १ गते बिहान बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने, सोही दिन दिउँसो पत्रकार सम्मेलन गर्ने र चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमनको खिलापमा, हजारौं जनताको सहभागितामा विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको पनि प्रकाण्डले जानकारी दिनुभयो ।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपासहितका दल सहभागी छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार