काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन् ।
मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले विचौलियाले सरकार चलाएको आरोप लगाए । उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौति दिएको आरोप लगाए ।
समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन् । उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ,’ उनले भने, ‘आज हामी सबै जनताको सघिन निगरानीमा छौँ । जनचाहनालाई उपेक्षा गर्नुभयो । गंगा नदीमा नक्कली भुटानी शरणार्थीमा धुनुभयो। तपाईँहरु प्रतिको आक्रोश आज व्यवस्था विरोधी गतिविधिमा पुग्यो ।’
त्यस्तै प्रचण्डले गणतन्त्रविरुद्ध गतिविधि गर्ने राजावादीलाई गम्भीर हुन चेतावनी दिएका छन् ।
मंगलबारको संसद् बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्रको इतिहास पढ्न सुझाव दिए ।
इतिहास फेरि निर्मम हुन्छ, गणतन्त्रका लागि जनताको रगत बगेको छ । क्रान्तिको इतिहास पढ्नुस्,’ प्रचण्डले भने, ‘लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्तैन । मेरो विचारमा राजतन्त्रप्रति मेरा असहमति छन् ।’
उनले संसद्मा रहेका राजावादी दल राप्रपा लगायतलाई संकेत गर्दै भने– इतिहासको चक्का पछितिर फर्काउन चाहनेलाई चुनौती दिन चाहन्छु ।’





