अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ फाल्गुन २७, मंगलवार १७:३६

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १ सय ६५ रनले पराजित गरेको हो ।

जितका लागि २८५ रनको लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । कोशीका लागि शाकीब हवले सर्वाधिक २५ रन बनाएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाएका थिए भने अनिश शाहले ७५ र दिपेश दाशले ५६ रनको अर्धशतकिय पारि खेलेका थिए ।

त्यस्तै मंगलबार दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित ग¥यो । कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो ।

गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार